काठमाडौं । विगत २४ घण्टामा नेपालमा सात हजार २ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार १ सय ४७ जनाको पीसीआर परीक्षण गरिएकोमा हजार १ सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जना गरी ७ हजार २ सय ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
यस्तै, काठमाडौं उपत्यकामा ३ हजार ५ सय ९५ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।
विगत २४ घन्टामा कोरोना संक्रमणका कारण २७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज एक हजार ६ सय १२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको प्रतिशत ८४.५१ मा झरेको छ ।
४ सय ७७ जना आईसीयूमा उपचाररत छन् भने १ सय ७१ जना भेन्टिलेटरमा रहेका छन् ।

























