काठमाडौं । गण्डकी प्रदेशको पोखरामा उपचारत कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना गरी जम्मा ८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

























