काठमाडौँ । नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताउनुभयो ।
यसैगरी ताप्लेजुङमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र वृद्धा महिलाको सङ्क्रमणका कारण मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनुभएका ६० वर्षीय पुरुषको शनिबार दिउँसो मृत्यु भएको हो । कोरोना सङ्क्रमण भएपछि केही दिनअघिदेखि प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उहाँको उपचार गराइँदै आएको थियो ।