काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना महामारीले भयावह रुप लिएको छ । यसप्रकार कोरोना उग्र रुप लिएपछि सरकारी स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने भएको छ । यसरी कोरोना संक्रमण तीव्रगतिमा बढेकाले अस्पतालमा बिरामीका लागि शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको सरकारले बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ ।
मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।
मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने प्रष्ट पार्दै सम्पूर्ण नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूरा गर्दै सचेत हुन आग्रह गरेको छ ।
हेर्नुहोस् मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति


























