काठमाडौं । लुम्बिनी प्रदेशका चार सांसदलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुग्नुभएको छ ।
अध्यक्ष ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै पनि सूचनासमेत जारी नगरिएको बताउनुभयो ।
पार्टीको बैठक नै नबसेका बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना अवैध र गैरकानुनी भएको ठाकुरले बताउनुभयो ।
अवैध एवं गैरकानुनी पत्रलाई आधार मानी निर्वाचन आयोगबाट कुनै पनि कामकारबाही अगाडि नबढाउन उहाँले निर्वाचन आयोगमा बुझाएको पत्रमा उहाँले उल्लेख गर्नुभएको छ ।
निर्वाचन आयोगमा अध्यक्ष ठाकुरले बुझाएको पत्रको विवरण-