गोरखा । गण्डकी प्रदेशका तीनजना सांसदलाई कोरोना संक्रमण भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार एमाले सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङलाई कोरोना संक्रमण भएको हो । त्यस्तैगरी संसद सचिवालयका कर्मचारी सुष्मा गुरुङमा पनि संक्रमण पुष्टि भएको छ ।
मंगलबारको बैठकमा एमालेका पहारीले पीसीआर परीक्षणबिना बैठक राखिएको भन्दै आपत्ति जनाउनुभएको थियो । उहाँले सबै सांसद र कर्मचारीको परीक्षण नगरी सदन चल्न नहुने बताएपछि परीक्षण गर्दा उहाँलाई पनि संक्रमण देखिएको हो । उहाँहरूले पिसिआर परीक्षणको माग गरेपछि बैठक अवरुद्ध भएको थियो । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा आज मतदान हुने कार्यसूचि तय गरिएको बताइएको छ ।