काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ । एक मन्त्रीका अनुसार बैठक अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने भएको हो ।
विशेषगरी कोरोना महामारी र नियन्त्रणका लागि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसबारे बैठक केन्द्रित हुने बताइएको छ ।
सीसीएमसीले गरेका सिफारिस विश्लेषण गरी मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि कार्यान्वयन हुनेछ ।
सीसीएमसी आइतबार बसेको बैठकले कम्तीमा ३ साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।
त्यस्तै संक्रमितको संख्या पहाडमा २०० र सहरमा ५०० नाघे निषेधाज्ञा गर्न र त्यो अधिकार स्थानीय प्रशासनलाई दिन सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले कोरोना महामारी नियन्त्रण सम्बन्धमा आवश्यक निर्णय र निर्देशन जारी गर्ने बताइएको छ ।