काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका तीन हजार १ एक सय २२ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमणको पुष्टि भएको छ भने ७८६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा सङ्क्रमण पोजिटिभ पाइएको छ ।
त्यसैगरी नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २८ जना सङ्क्रमितको मृत्युको भएको छ । थपिएका मृतकसँगै नेपालमा कोरोना भाइरसबाट कुल तीन हजार १६४ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ११९ जना सङ्क्रमित भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ४९८ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी एक हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४५० जना सङ्क्रमित मुक्त भएका छन् । हालसम्म मुक्त हुनेको सङ्ख्या दुई लाख ७७ हजार ५७३ पुगेको छ । मन्त्रालयले हाल १९ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । ६९ जना हाल क्वारेन्टिनमा छन् । एक हजार ५९४ जना संस्थागत आइसोलेशनमा र १७ हजार ७८८ जना होम आइसोलेशनमा छन् ।