काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदको उपचारका लागि रु ३० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
लामो समयदेखि पेटको समस्याले काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत उपाध्यक्ष साउदको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट सो सहयोग प्रदान गर्नुभएको हो । साउदको नर्भिक अस्पतालमा पेटको शल्यक्रिया गरिएको छ ।
मन्त्री आले आज उक्त अस्पतालमै पुगेर उपाध्यक्ष साउदलाई आर्थिक सहयोग प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।