काठमाडौँ । नेकपा एमाले दशौ महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले २६५ जना नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको छ । तर माधवकुमार नेपाल पक्षका नेताहरुलाई कुनै जिम्मेवारी दिइएको छैन ।
वैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु पार्टीलाई एकताबद्ध बनाउन लचिलो भएर माधव नेपाल पक्षसँग भेटघाट गरेपनि उनीहरु सकारात्मक नदेखिएको बताउनु भयो ।
अध्यक्ष ओलीले पार्टी एकतावद्ध होस भन्ने उद्देश्यले माधव नेपाल, योगेश भट्टराईसँग भेटेर छलफल गरेपनि सफलता प्राप्त नभएको स्पष्ट पार्नु भयो । वैठकमा अध्यक्ष ओलीले भन्नुभयो “दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर साथीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति भएको देखिएन ।”
अध्यक्ष ओलीले पार्टी खोस्ने ढँगले अघि बढेकाहरुलाई मौका नदिइने स्पष्ट पार्नु भएको छ । उहाँले भन्नुभयो ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन । कम्युनिस्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्छ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ ।”
कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन आफू दिनरात खटेपनि केही व्यक्तिहरू अराजक ढंगले लागेको वताउनु हुँदै उहाँले पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गर्दै समाप्त गर्ने हिसाबले लागेकाहरुलाई जनता र कार्यकर्ताहरुले समेत माफी नदिने बताउनु भयो ।
वैठकले गरेका निर्णयहरु
वैठकले गरेको नेताहरुको कार्यविभाजन