काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ४२८ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दश हजार एकवटा आरटीपीसीआर र ४४७ जनाको एन्टीजेन परीक्षणमा परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमितको पहिचान भएको हो । ४४७ जनाको एन्टीजेन परीक्षणमा ६३ जनामा कोरोना सङ्क्रमितको पहिचान भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल १२ हजार ६९० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ९४.५९ प्रतिशतमा झरेको छ । हाल ८१ जना क्वारेन्टिनमा छन् ।
चौबीस घण्टामा पाँचजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीनहजार ११७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।