काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण दर तीव्र रुपमा बढिरहेको छ । नेपालभर आरटीपीसीआर परीक्षणमा कोरोना भाइरसका दुई हजार २२० जना नयाँ सङ्क्रमित र एन्टीजेन परीक्षणमा १३१ जनामा पोजिटिभ परिणाम पाइएकोमा उपत्यकामा मात्रै एक हजार ५१ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं जिल्लामा ७८६ जना, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना कोरोनाका बिरामी थपिएका छन् ।
देशभर सङ्क्रमित पहिचान भएकोमा उपत्यकामा मात्र करिब ४५ प्रतिशत सङ्क्रमितको पहिचान भएको छ ।
पछिल्लो चौबीस घण्टामा आठ हजार ८४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल दश हजार ५८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ८०३ जनाको एन्टीजेन परीक्षण गरेकोमा १३१ जनामा पोजिटिभ पाइएको जनाएको छ । एन्टीजेनसहित नेपालमा पछिल्लो चौबीस घण्टामा दुई हजार ३५१ जनामा कोरोना फेला परेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८७ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ९५.३ प्रतिशतमा झरेको छ । हाल ८६ जना क्वारेन्टिनमा छन् ।
सङ्क्रमि मध्ये १८० जना आसीयू र ४७ जना भेन्टिलेटरमा रहेर उपचार गरिरहनुभएको छ ।