काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ७३६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आठ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६६७ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । हाल आठ हजार ६५९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६९३ जनाको एन्टीजेन परीक्षण गरेकोमा ६९ जनामा पोजिटिभ पाइएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७५ हजार ८०६ जना सङ्क्रमणमुक्त भएका हुन् । सङ्क्रमित निको हुने दर ९५.९ प्रतिशत पुगेको हो ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले तीन हजार १०२ जनाले ज्यान गुमाएका छन् ।
हाल ९२ जना क्वारेन्टिनमा रहेका छन् ।