काठमाडौं । सरकारले सार्वजनिक ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ मा सार्वजनिक स्थानमा पाँचजनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको हो ।
सरकारको यो निर्णयअनुसार वैशाख महिनाभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी मानिससमेत सहभागी हुन नपाउने भएका छन् ।