काठमाडौँ । आज १ बजेका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ ।
सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी समिति बैठक बोलाएको थियो ।