काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नु भएको हो । संविधानको धारा ९३ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । पुनस्र्थापित संसदको अधिवेशन फागुन २३ गते शुरु भएको थियो ।