Margadarsan


  • भगत सर्वजित प्रतिष्ठानका अध्यक्ष विकको मृत्यु

    मार्गदर्शन ४ बैशाख २०७८, शनिबार

    गलकोट  दलित आन्दोलनका अगुवा बागलुङका ओमबहादुर विकको कोरोना सङ्क्रमणको कारण निधन भएको छ । कोरोना सङ्क्रमणपश्चात काठमाडौँको एक अस्पतालमा उपचाररत विकको आज निधन भएको हो । विक विगत लामो समयदेखि दलित आन्दोलनको अगुवाइ गर्दै आउनुभएको थियो ।
    दलित मुक्तिका लागि लड्दै आउनुभएका भगत सर्वजित विक प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका विकको निधनले दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानका सचिव ताराबहादुर विकले बताउनुभयो । विसं २०११ मा बागलुङ नगरपालिका–७ कालीमाटीमा उहाँको जन्म भएको थियो ।
    विकले उत्पीडित दलित समुदायको सञ्जाल नगर तथा जिल्ला समितिको नेतृत्वसमेत गर्नुभएको थियो । सुन, चाँदी व्यवसाय गर्दै आउनुभएका विक नेपाल सुन चाँदी व्यवसाय बागलुङको पूर्वध्यक्ष हुनुहुन्छ । विक सक्रिय राजनीतिमा समेत सहभागी हुँदै आउनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया