काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री ओली आफैँले फोन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज विहान ११ बजे प्रधानमन्त्री निवास, बालुवाटरमा सर्वदलीय बैठकको आह्वान गर्नुभएको हो । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी बताउनुभयो ।
बैठकमा कोरोना भाइरसको संक्रमण, संसदको हिउँदे अधिबेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।