काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) ले भयावह रुप लिएको छ । पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक दिनमै थपिएको संक्रमितको यो संख्या महामारी सुरु भएयताकै ठूलो हो । यसअघि बिहीबार पनि भारतमा २४ घण्टाभित्रै लाखभन्दा माथि अर्थात् १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घन्टामा कोभिड–१९ का कारण ७९४ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा संक्रमितको संख्या एक करोड ३२ लाख पाँच हजार ९२६ पुगेको छ । हालसम्म १ लाख ६८ हजार ४३६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।
खुला सीमा भएको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपाल पनि उच्च जोखिममा परेको छ ।