काठमाडौं । प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै छ । बैठकमा विभिन्न आयोगका प्रतिवेदन पेश हुने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ भने सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, २०७७ पेस गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।