काठमाडौं । थारु कल्याणकारी सभा थारुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिको मागका सम्वोधन गर्न सरकारले वार्ता गर्न समिति गठन गरेको छ ।
गृहमन्त्री रामवहादुर थापा वादलको संयोजकत्वमा गठित समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भटट्राई र पूर्वसांसद भवगती चौधरी सदस्य रहेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनु भएको छ ।
थारु संस्थाहरुले सांसद रेशम चौधरीको रिहा लगायत १९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।