टोकियो । जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५।८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराईमा रहेको थियो । भूकम्प स्थानीय समयानुसार बिहान ९।२७ मा गएको थियो । तर भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन ।
गत साता पनि उत्तरपूर्वी जापानमा ७.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो । जापान भूकम्पीय दृष्टिबाट निकै जोखिमयुक्त राष्ट्रमा रहेको छ । (रासस–सिन्ह्वा)