काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू शनिबार हुने पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने बताउनु भएको छ ।
अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि बैठकमा सहभागी हुन आग्रह गर्नु भएको छ ।
नेकपा भित्रको विवाद उत्कर्षमा पुर्याउने गरी खनाल–नेपाल समूहले छुटै गतिविधि गरिरहेका बेला अध्यक्ष ओलीले चैत ७ गते केन्द्रीय समिति बैठक बोलाउनु भएको छ । तर नेपाल–खनाल पक्षले भने फागुन २८ गते गरिएका महाधिवेशको मिति घोषणा, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय खारेज नगरेसम्म वैठकमा सहभाी नहुने बताउँदै आएको छ ।
उपाध्यक्ष गौतमले पार्टीमा गुटबन्दी नगर्न र पार्टीलाई एक बनाएर लैजान समेत आग्रह गर्नु भएको छ । गुटगत गतिविधिले नेकपा फुटेको बताउँदै उपाध्यक्ष गौतमले एमालेलाई फुट्न नदिन गुटगत कार्य रोक्नुपर्ने बताउनु भएको छ ।
नेपाल–खनाल पक्षको भेलाप्रति आफ्नो समर्थन नरहेको बताउँदै नेता गौतमले नेपाल–खनालले पार्टीमा पूर्ण बैठकको माग गर्न छाडेर छुट्टै पार्टी जस्तो भेला गर्दै हिड्नु गलत भएको बताउनु भएको छ ।