काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई सिफारिस गर्नुभएको स्रोतले बताएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको स्रोतको दावी छ । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडनु भएको थियो भने नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव समेत हुनुभएका व्यक्ति हुनुहुन्छ ।
अग्नि खरेलले शुक्रबार नै महान्यायाधिवक्ता पदबाट राजीनामा दिनु भएको थियो । खरेलले राजनीतिमा सक्रिय हुनका लागि पदबाट राजीनामा दिएको बताउनु भएको छ ।