काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य एवं राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अदालतको फैसलामा टेकेर अगाडि वढ्नु पर्छ तर राजनीति नै अदालतलाई हेरेर गर्ने होईन भन्ने बताएका छन ।
ढुङ्गेलले आफ्नो फेसबुक पेजमा विचार प्रकट गर्दै एमाले पार्टीभित्र पछिल्लो समय नेकपाको आन्तरिक संघर्षको दौरानमा गरिएका जनप्रदर्सन र संगठन निर्माणको अभियानले एउटा पार्टी निर्माण भैसकेको अवस्थामा अदालतको पछिल्लो फैसलाले नेकपा एमाले व्युतिए पछि अन्तर संघर्षले नयाँ मोड लिएको हो । एउटा गम्भीर प्रश्न( वनाईएका संगठनको विचल्लि वनाएर नेतृत्वले पन्छिन पनि त मिल्दैन । अदालतको फैसलामा टेकेर अगाडि वढ्नु पर्छ तर राजनीति नै अदालतलाई हेरेर गर्ने होईन । आरोप, प्रत्यारोप र अविस्वासको जगमा खडा भएको आन्तरीक विवादलाई निरुपण गर्न विस्वासको वातावरण निर्माण गर्न जरुरी छ । चियापान, सर्वदलीय वैठक यसको वातावरण निर्माण गर्न गरिएका प्रारम्भिक प्रयत्नहरु हुन । नेतृत्वले आयोजना गरेका यस्ता कार्यक्रम वहिस्कार गरेर समानान्तर भेलावाट पार्टी एकता मजवुद हुन्छ र भनेर आफ्नो नेतृत्वलार्इ प्रश्न समेत गरेका हुन।
ढुङ्गेलले पार्टी मिलाउनु पर्छ तर त्यो भन्दा पहिला मेलमिलापको धरातल बलियो वनाउनु पर्छ भनेर आग्रह गरेका हुन ।