काठमाडौँ । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिको आजको बैठकले उहाँहरुको संसदीय सुुनुुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुुनासो एवं उजुरी भए समितिलाई जानकारी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूूचना प्रकाशन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुुभयो ।
न्यायाधीश चुुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदातल सुुर्खेतमा मुुख्य न्यायाधीश हुुनुुहुुन्छ । न्यायपरिषद्को फागुन २८ गतेको बैठकले उहाँहरुलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुुक्तिका लागि सिफारिस गरी संसदीय सुुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी पठाएको थियो ।
उच्च अदालतमा कार्यरत मुुख्य न्यायाधीशमध्ये न्यायाधीशका लागि आवश्यक सेवा अवधि, शैक्षिक योग्यता, कार्यसम्पादन, वरिष्ठता, अनुुभव, विषयवस्तुुको ज्ञान, कार्यकुशलता, इमान्दारी, निष्पक्षता र नैतिक आचरण, न्यायिक क्षेत्रमा पुु¥याएको योगदान र प्राप्त ख्यातिका आधारमा तुलनात्मकरूपमा योग्यतम देखिएकालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको परिषद्ले जनाएको छ ।
समितिले प्राप्त उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशको संसदीय सुुनुुवाइमार्फत् योग्यता, क्षमता, आचरण र भावी कार्यदिशाबारे जानकारी लिएपछि नाम अनुुमोदन गर्ने वा नगर्ने भनी निर्णय लिने जनाएको छ ।