काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा नेपालमा पहिलोपटक ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपणविद् डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ११ वर्षीय शिशुको कलेजो प्रत्यारोपण गरिएको हो ।
ती शिशुलाई ३५ वर्षिय बाबुले कलेजो दान गर्नुभयो । अहिले प्रत्यारोपण गर्ने बच्चा र कलेजो दिने बाबुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डा. भण्डारीका अनुसार अहिले शिशुलाई कलेजो दिने बाबुलाई आईसीयुमा राखिएको छ ।
भण्डारीसहित ६० जनाको टोलीले कलेजो प्रत्यारोपण गरेको हो । डा. भण्डारीका अनुसार २५ जना चिकित्सकको टोलीमात्र थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा नेपालमा पहिलो पटक ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण भएको हो । सुरुमा शिक्षण अस्पतालमा शिशु लगिएकोमा भारत रिफर गरिएको थियो । भारत रिफर गर्दा आर्थिक व्यवस्था गर्न आग्रहका लागि कुरा प्रधानमन्त्री समक्ष पुगेपछि प्रधानमन्त्ती केपी शर्मा ओलीले तत्काल शिक्षण अस्पतालका प्रत्यारोपणविद डा. रमेशसिह भण्डारीलाई उक्त बच्चाको प्रत्यारोपण नेपालमा सम्भव भएसम्म गर्न व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।
आफ्नो बच्चाको प्रत्यारोपणका लागि विदेशमा उपचारको व्यवस्था मिलाइदिन आफन्तले बारम्बार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको तर प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा प्रभावकारी उपचार रहेको विश्वास दिलाएपछि उनीहरुले ११ महिने शिशुको कलेजो प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिनुभयो ।
अर्थ संकलनको क्रममा बालकको आफन्त प्रधानमन्त्रीकहाँ पुगेपछि प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको भण्डारीले जानकारी दिनुभयो । काभ्रेका एघार महिनाको शिशुलाई शनिबार २ बजेदेखि शल्यक्रिया सुरु गरेर राति ९ बजेसम्म लगाएर सफल कलेजो प्रत्यारोपण गरिएको हो । प्रत्यारोपणमा संलग्न प्रत्पारोपणविद् डा. रमेशसिंह भण्डारीले बालकको जन्मजात कलेजोमा समस्या रहेको जानकारी दिनुभयो ।