इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित एक कृषि फार्ममा आगलागी भएको छ । सो आगलागीमा नौ लाख बराबरको क्षति भएको छ ।
स्थानीय बराह कृषि फार्ममा आज एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी भएको जनाइएको छ ।
आगलागीमा परी कृषि फार्मको सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । फार्मभित्र रहेका चार वटा भैँसी र दुई वटा बोकासमेत जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
आगलागीमा परेर फार्म सञ्चालक अमरबहादुर कार्कीसमेत घाइते भएको प्रहरीले जनाएको छ । स्थानीवासी, वारुणयन्त्रण र प्रहरीको सहयोगमा सो आगो नियन्त्रणमा लिइएको थियो ।