काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४०० रुपैयाँले बढेको । चैत महिनाको पहिलो दिन नै छापावाला सुन तोलामा रु ८६ हजार ६०० मा किनबेच भएको छ ।
फागुन २८ गते छापावाला सुन तोलामा रु ८६ हजार २०० मा किनबेच भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी गराएको छ ।