काठमाडौँ । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । सो विस्फोटमा परी सात जना कर्मचारी घाइते भएका छन् । घाइते हुनेमा सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायत छन् । भण्डारीको अवस्था गम्भीर छ ।
मालपोत कार्यालयको माथिल्लो तलाको हलमा आज दिउसो विस्फोट भएको थियो । घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्न समूहको खोजी कार्य जारी छ ।