काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सडक सबैले गाडी गुडाउन सक्ने बन्नुपर्ने बताउनुभएको छ ।
प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत सञ्चालन गरिने स्थानीय सडक सञ्जाल कार्यक्रमको शुभारम्भ गर्नुभयो । उहाँले बहादुर गोर्खालीले मात्रै गुडाउने बाटो होइन, दुँनियाका जो सुकैले हिँडन सहज हुने बाटोको बिस्तार गरिनुुपर्नेमा जोड दिनुभयो । उहाँले सडक निर्माणमा प्राविधिक त्रुटि धेरै हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै दुर्घटना नहुने गरी सडक बनाउनुपर्ने बताउनुभयो ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम सङ्घीय सरकारले यस वर्ष यो कामका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
कार्यक्रम शुभारम्भसँगै प्रदेशको राजधानीसँग हालसम्म नजोडिएका २८३ वटा स्थानीय तहलाई सडक सञ्जालमा जोडिने कार्यको सुरुवात भएको छ ।
सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी छ ।