काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिम रहिरहेकै बेला यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको चहलपहल घटेको छ ।
विगत वर्ष महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति कार्यालयले जनाएको छ ।
पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको संख्या पनि विगत वर्षभन्दा कम रहेको कार्यालयले जानकारी दिएको छ ।
विगत वर्षमा ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गरेको अभिलेख कार्यालयसँग रहेको छ ।