काठमाडौं । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट गर्नु भएको छ ।
उहाँले जनता समाजवादी पार्टीसँग सो पार्टीका मागका विषयमा छलफल भएपनि सत्ता साझेदारीबारे हाल कुरा नभएको पनि बताउनु भएको छ ।