काठमाडौँ । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । निधन भएका सांसदहरुको नाममा शोक प्रस्ताव पारित गरेर बुधबारको संसद बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्नेछ ।
यसअघि आइतबार पुनर्स्थापित संसदको पहिलो बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।