काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नरमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो ।
अघिल्लो साता मात्र पाँचवर्षे कार्यकाल पूरा गरी चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त रहेको थियो ।
ढुङ्गाना अहिले राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक हुनुहुन्छ भने मिश्र विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक हुनुहुन्छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्ने व्यवस्था रहेको छ ।