काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विदेश यात्रामा जाने व्यक्तिहरुका लागि कोरोना खोप अनिवार्य नगर्न आग्रह गरेको छ ।
संगठनका एक अधिकारीका अनुसार सबै देशमा खोप पुगिनसकेको र समान रुपमा वितरण समेत नभइसकेकाले अन्तर्राष्ट्रिय यात्रामा खोपलाई अनिवार्य गर्न नहुने बताउनुभयो संगठनले यस्तो कसैले गरेको भए त्यो अव्यावहारिक हुने समेत जनाएको छ ।
कोरोनाका लागि निर्माण गरिएको कुन खोपले कति समयसम्म काम गर्छ भन्ने विषयमा कुनै पुष्टि नभइसकेको र अध्ययनको क्रममा रहेककाले अनिवार्य नगर्न संगठननले सबैलाई आग्रह गरेको बताइएको छ । यस्तो अवस्थामा खोप लगाएको व्यक्तिलाई सुरक्षित मान्ने वा नमान्ने भन्ने प्रश्न उब्जिएको संगठनका अधिकारीहरुको भनाइ छ ।