काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भएको छापावाल सुनको भाउ मंगलबार आरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ भने तेजावी सुनको कारोबार मूल्य ८५ हजार १५० रुपैयाँ छ । चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय ६५ रुपैयाँ कायम भएको थियो ।