काठमाडौं । राष्ट्रियसभाकी सांसद एवं गायिका कोमल वलीले विघटित नेकपाका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्नुभएको छ ।
कानून व्यवसायीसँगको परामर्शपछि उहाँले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा मंगलबार दर्ता गर्नुभएको हो ।
पूर्व नेकपा नेता पन्तले २०७७ फागुन १५ गते काठमाडौको सामाखुसीस्थित ग्लोवल क्याफेमा पूर्व एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ‘पिँडुला देखाएर’ वली सांसद भएको आरोप लगाउनुभएको थियो ।
नेता रघुजी पन्तले दिएको अभिव्यक्तिका कारण आफ्नो चरित्र हत्या भएकोले उनलाई कानूनी दायरामा ल्याउन वलीले माग गर्नुभएको छ ।