काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
माधव नेपाल, झलनाथ खनाल लगायतको समूह एमाले नै फर्किने निर्णय भएपछि वैठक स्थगित भएको हो । उनीहरु एमालेमा फर्किनु अघि नै महासचिव ईश्वर पोखरेलले मंगलबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाएका थिए । तर नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।
महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको सचिवालयमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव छन् । यो समितिले पार्टीको व्यवस्थापन लगायतका काम गर्दै आएको थियो ।