काठमाडौं । प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सम्पूर्ण कार्यसूची हटाएर राष्ट्रपति कार्यालयबाट प्राप्न पत्र पढिने तथा शोकप्रस्ताव मात्र पारित गरिने भएको छ ।
सत्तारुढ लद नेकपाको विवाद चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा सभामुखले अन्य कार्यसूची नराख्न निर्देशन दिनुभएको हो ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै सदनको बैठक सकिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
संसद पुनस्थापनापछि आज पहिलो पटक संसदको बैठक बस्दै छ । बैठक आज दिउँसो ४ बजे बस्ने तय गरिएको छ।