काठमाडौं । पुनःस्थापित संसदको पहिलो बैठक आज बस्दैछ । अपरान्ह ४ बजे वस्ने वैठकमा नेकपाका दुवै पक्षलाई सत्तारुढ दलकै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवायले जनाएको छ ।
दल विभाजनको औपचारिक पत्र प्राप्त भइनसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनु भएको छ ।
प्रवक्ता पाण्डेका अनुसार नेकपाका सांसदहरु पहिले जहाँ–जहाँ बस्थे अहिले पनि त्यही बस्नुहुन्छ । प्रवक्ता पाण्डेले भनेका छन् “संसदीय दलको नेता र प्रमुख सचेतक फरक–फरक भन्ने जुन आएको छ । हामीले बुझ्दा नेकपा एउटै छ त्यसकारण पहिले जहाँ बस्नुहुन्थ्यो अहिले त्यहीँ बस्नुहुन्छ । छुट्टाछुट्टै कुर्सीको व्यवस्थापन गर्ने भन्ने हुँदैन, छैन ।”
सत्तारुढ दल नेकपा दुई खेमामा विभाजित छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री केपी ओलीले र अर्को खेमाको नेतृत्व पुष्पकमल दाहाल–माधव नेपालले गर्नु भएको छ ।