काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गतको साढे ३ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ।
टर्किस एयरलाइन्सको विमान आइतबार बिहान ११ बजे खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
सो विमानले कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपमध्येको पहिलो खेप ३ लाख ४८ हजार डोज नेपाल ल्याएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विमानस्थल पुगेर उक्त खोप ग्रहण गर्नुभएको हो ।
सो खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोभ्याक्समार्फत् नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने भएका छन् ।