काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ४७ जना सङ्क्रमित थपिएका छन् । तीन हजार ५३५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समयमा थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित निको भने हालसम्म दुई लाख ७० हजार ८२८ जना सङ्क्रमित निको भए । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ८८ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हाल ८१७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छन् भने ५५ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो केही दिनदेखि कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भइसकेको छ ।
























