ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले जावलाखेलस्थित सदर चिडियाखानाको भ्रमण गर्नुभएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियानाको व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा आयोजित रजत महोत्सव तथा ‘एडप्ट एन एनिमल’ कार्यक्रम शुभारम्भ कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले सो क्षेत्रको भ्रमण गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले चिडियाखानामा पुगेर त्यहाँ रहेका विभिन्न प्रकारका जंगली जनावरलाई अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । त्यसक्रममा उहाँले जंगली जनावरलाई खाद्यान्न वितरण गर्नुभयो ।



















