काठमाडौ्र । विगत पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ७४ हजार २ सय ९४ पुगेको छ । नेपालमा नौ सय ७४ सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या दुई लाख ७० हजार पाँच सय ४३ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार सात सय ७७ रहेको छ ।
अहिलेसम्म देशभर २१ लाख ७० हजार एक सय १२ जना व्यक्तिको पीसीआर परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६२ जना रहेका छन् ।

























