झापा । प्रधानमन्त्री केपी शर्मा ओलीे क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा आइपुग्नुभएको छ ।
भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी, वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्वागत गर्नुभयो ।
त्यसैगरी प्रधानमन्त्री ओलीले बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’को समेत उद्घाटन गर्नुहुनेछ । बिर्तामोड नगरपालिका–७ मा निर्मित सो ग्राममा ३७ आवासगृह रहेका छन् । प्रधानमन्त्री ओलीले अपराह्न बिर्तामोडको तीन सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो अस्पताल ६ सय करोडको लगानीमा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गर्नुभएको हो ।
बिर्तामोडको कार्यक्रमपछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम रहेको छ । यस साता प्रधानमन्त्री ओलीको यो दोस्रो झापा भ्रमण हो । गत फागुन १६ मा प्रधानमन्त्री ओली दमक केन्द्रित कार्यक्रममा सहभागी हुन झापा आउनुभएको थियो ।