काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा निःशुल्क उपलव्ध गराउने बताउनु भएको छ ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक दुईदिने राष्ट्रिय गोष्ठीको आज उद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको बताउनुभयो ।
दाह संस्कारका लागि वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने वताउँदै मन्त्री आलेले भन्नुभयो – “पशुपति आर्यघाटमा १२(१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा कम्तिमा यो निःशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ, यसैपल्ट यो लागू गर्दैछौं ।”
मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा पनि अगाडि बढाइएको बताउनु भएको छ ।