काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले संसद् अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको छ । सरकारले फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
यसअघिको मन्त्रिपरिषद बैठकमै २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल भए पनि औपचारिक निर्णय गरेको थिए । यसअघि फागुन २३ गते संसद् आह्वान भएको बताइए पनि राष्ट्रपतिसमक्ष त्यो सिफारिस पुगेको थिएन ।
सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।