काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य इस्लाम हवारी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान हवारीलाई पार्टीमा स्वागत गर्नु भएको छ ।
पर्साका हवारी तत्कालिन नेकपा माओवादीबाट संविधानसभा सदस्य थिए । उनी २०७५ साल जेठ ३० गते तत्कालिन नयाँशक्ति पार्टीमा प्रवेश गरेका थिए ।
यसअघि जसपा केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. शिवजी यादव नेकपामा प्रवेश गरिसकेका छन् । नेता यादवले जसपाबाट ठूलै संख्यामा नेता कार्यकर्ता नेकपा प्रवेश गर्ने बताएका थिए । उनले यो क्रम निरन्तर चलिरहने बताएका छन् ।