काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज निर्वाचन आयोग पुगेर आगामी बैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा आयोगका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ ।
निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले आयोगले गरेको निर्वाचनको सम्पूर्ण तयारीका लागि सरकारका तर्फबाट धन्यवाद दिनुभएको छ ।
छलफलका क्रममा निर्वाचनका अवधिमा अवश्यक सुरक्षा, निर्वाचनका लागि चाहिने वजेट लगायतका विषयमा छलफल भएको र त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी गराउनुभएको बताइएको छ ।
आजको भेट सरकारका तर्फबाट भएकाले पार्टीको विवाद लगायतका विषयमा छलफल नभएको बुझिएको छ । आयोगका पदाधिकारीलाई भेट्न उपप्रधानमन्त्री र्इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्व सभामुख सुवास नेम्वाङ् लगायतका पदाधिकारी आयोगमा पुग्नुभएको थियो ।